उपसभामुखले राजीनामा दिनुपर्छ- प्रवक्ता श्रेष्ठ

उपसभामुखले राजीनामा दिनुपर्छ- प्रवक्ता श्रेष्ठ
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताउनुभएको छ । आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन न’पाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सब...

टिकटक भिडियो बनाउँदा मृत्यु

टिकटक भिडियो बनाउँदा मृत्यु
टिकटक भिडियो बनाउने चक्करमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।  टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।  केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् ।

‘म चञ्चल छु’ को म्यूजिक भिडियो सार्वजनिक

‘म चञ्चल छु’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - "म चन्चल छु" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आयुशा थलङ लिम्बूको स्वरमा रहेको गीतमा शब्द संगीत कन्चन थलङको रहेको छ । बिशेष पर्यटन प्रबद्धनका विषयलाई जोड दिएर बनाइएको यस म्युजिक भिडियोको निर्देशन कञ्चन थलङले गरेका छन् भने क्यामेरा म्यान तथा इडिटर , बीबी लिम्बु र पर्शु राम लिम्बुले गरेका छन् । म्युजिक भिडियोमा गायक तथा मोडल कन्चन थलङ लिम्बु र विमला खजुम लिम्बु को ...

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने ड्राइभिङ स्कूलका चालक पक्राउ

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिने ड्राइभिङ स्कूलका चालक पक्राउ
काठमाडौं- नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाई दिने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ ग...

नेपाल मेडिकल कलेज आकस्मिक सेवा बाहेक सबै ठप्प

नेपाल मेडिकल कलेज आकस्मिक सेवा बाहेक सबै ठप्प
काठमाडौं - नेपाल मेडिकल कलेज जोरपाटीका स्वास्थ्यकर्मी तथा कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा स्वास्थ्य ठप्प पारेका छन् । गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यू भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोड र प्रदर्शनका कारण असुरक्षित महसुस गरेको भन्दै उनीहरूले सुरक्षा प्रत्याभूति नभएसम्म सेवा ठप्प पार्ने जनाएका छन् । आफन्तले चिकित्स...

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहले गरेका योगदानकाे स्मरण गरिँदै
काठमाडौं - नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी जयन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं - नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ७५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैया...

सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड (भिडियो सहित)

सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड (भिडियो सहित)
काठमाडौं - नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की २६ वर्षिय सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको कारण मृत्यू भएको आरोप लगाएका छन्। मृतककी दिदी फूलमाया राईका अनुसार सुत्केरी गरा...

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन- महामन्त्री कोइराला

सभापतिसँग पार्टी सञ्चालनको योजना छैन- महामन्त्री कोइराला
चितवन - नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन ग...

उपसभामुखको अडान – अरु थाहा छैन, बैठक प्रक्रियामा जान्छ

उपसभामुखको अडान – अरु थाहा छैन, बैठक प्रक्रियामा जान्छ
काठमाडौं - उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख बन...