काठमाडौं – नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।

भोजपुर षडानन्द नगरपालिका–८ की २६ वर्षिय सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।

नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको कारण मृत्यू भएको आरोप लगाएका छन्।

मृतककी दिदी फूलमाया राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइदिएको उनले आरोप लगाइन्।

आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्। यो समाचार तयार पार्दा सम्म दुबै पक्षको बार्ता चलिरहेको छ ।

तपाईको प्रतिक्रिया