काठमाडौं – नेपाल मेडिकल कलेज जोरपाटीका स्वास्थ्यकर्मी तथा कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा स्वास्थ्य ठप्प पारेका छन् ।

गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यू भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोड र प्रदर्शनका कारण असुरक्षित महसुस गरेको भन्दै उनीहरूले सुरक्षा प्रत्याभूति नभएसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।

आफन्तले चिकित्सकको लापरबाहीले राइको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले भ्याकुमले बच्चा तान्दा लापरबाही भएको बताएका छन् ।

सुत्केरीको मृत्युपछि शनिबार मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए । आइतबार पनि अस्पताल परिसरमा नाराबाजी गरेपछि कर्मचारीहरूले सेवा बन्द गरेका हुन् । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही, परिवारलाई क्षतिपूर्ति र बच्चाको बाँच्ने आधार सुरक्षित गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया