काठमाडौं – “म चन्चल छु” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आयुशा थलङ लिम्बूको स्वरमा रहेको गीतमा शब्द संगीत कन्चन थलङको रहेको छ ।

बिशेष पर्यटन प्रबद्धनका विषयलाई जोड दिएर बनाइएको यस म्युजिक भिडियोको निर्देशन कञ्चन थलङले गरेका छन् भने क्यामेरा म्यान तथा इडिटर , बीबी लिम्बु र पर्शु राम लिम्बुले गरेका छन् ।

म्युजिक भिडियोमा गायक तथा मोडल कन्चन थलङ लिम्बु र विमला खजुम लिम्बु को अभिनय रहेको साथै अन्य कलाकारहरु शारिका चोङबाङ, सन्जु थलङ , रिता थलङ , सन्देश राई र योगेन्द्र विष्ट रहेका छन् ।

मेकअप आर्टिस् भने सन्जु थलङ हुन् । गीतको म्युजिक KANCHAN THALANG OFFICIAL भिडियो युट्युब बाट सार्बजनिक भएको छ ।

तपाईको प्रतिक्रिया