शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै

शहरका सिमसार मासिँदै, गाउँका ‘धनसार’ बन्दै
अधिकांश शहरी क्षेत्रका सिमसार मासिँदै गएका छन् । बढ्दो शहरीकरणसँगै सिमसार क्षेत्रको संरक्षण गर्नुको सट्टा अतिक्रमण हुँदा सिमसार क्षेत्र मासिँदै गएका हुन् । भएका सिमसार क्षेत्रको पनि उचित संरक्षण छैन । बरु बचेका सिमसार क्षेत्रमा फोहर फाल्ने गरिन्छ । यसले गर्दा सिमसार क्षेत्र लगभग मासिने अवस्थामा छन् । सिमसार पानी र जमीन मिश्रित दलदल भएको र बाह्रैमास पानी नसुक्ने भूमि हो । यस्तो ठाउँमा दलदल अथवा...

आफैँ भत्किन थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा

आफैँ भत्किन थाल्यो किराँती पुर्खा रैछाकुलेको प्रतिमा
 खोटाङ- हलेसी तुवाचुङ नगरपालिकामा रहेको किराँत राईहरुको ऐतिहासिक उद्गमस्थल तुवाचुङ जायजुममा स्थापना गरिएको रैछाकुले ९खक्चिलिक्पु०को प्रतिमा भत्किन थालेको छ । कमजोर निर्माण सामग्री प्रयोग गरिएका कारण विसं २०७४ मा लोकार्पण गरिएको किराँत राईहरुको आदर्श पात्र रैछाकुलेको प्रतिमा राखिएका भाग फुटेर विस्तारै झर्न थालेको हो । तुवाचुङ जायजुम परिसरमा राखिएका होडिङ बोर्डसमेत बाँसको खम्बामा बाँधिएकाले मक्क...

‘सर्वोच्च अदालतको फैसला मान्य हुने

‘सर्वोच्च अदालतको फैसला मान्य हुने
गण्डकी- नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताउनुभयो । लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संवि...

मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना खोप सेवा

मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना खोप  सेवा
काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना भाइरस् विरुद्धको भ्याक्सिन ९कोभिसिल्ड० कार्यक्रम थालिएको छ । उक्त अस्पतालबाट शुक्रबार कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने ८५ लाई खोप लगाइएको छ । यसअघि सरकारको खोप अभियानसँगै काभ्रेको अर्को धुलिखेल अस्पतालले गत बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप शुरुआत गरेको थियो । उक्त अस्पतालबाट हालसम्म एक हजार ३५८ लाई ...

शान्ति सुरक्षाका लागि समुदाय परिचालन

शान्ति सुरक्षाका लागि समुदाय परिचालन
टीकापुर- कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्ति सुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ । यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरी...

कोभिड विरुद्धको खोप लगाउने क्रम जारी

कोभिड विरुद्धको खोप लगाउने क्रम जारी
दमौली- तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् । शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । खोप अभियानको पह...

हेल्थ डेस्क व्यवस्थित बनाइयो

हेल्थ डेस्क व्यवस्थित बनाइयो
कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ । भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० र स्वास्थ्य सेवा विभाग इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो । कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शै्यय...

‘बल्ल भेटियो हाम्रो पहिचान’

‘बल्ल भेटियो हाम्रो पहिचान’
कास्की- पोखरा महानगरपालिका–३३ भरतपोखरीका शोभाखर भण्डारी व्यावसायिक कृषक हुनुहुन्छ । दुई दशकदेखि व्यावसायिक हिसाबले गाईपालन गर्दै आउनुभएका उहाँले शुक्रबार जीवनमा पहिलोपटक कृषक परिचयपत्र पाउनुभयो । कृषक भनेर चिनिँदै आए पनि उहाँले सोको कुनै प्रमाण अहिलेसम्म राज्यबाट पाउनुभएको थिएन । उमेरले ६९ वर्ष लाग्नुभएका उहाँ अनुदान र बैंकमा ऋणका लागि कार्यालय जाँदासमेत उमेरको हदम्याद नाघेको भन्दैै फिर्ता आउन...

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ खेल्दै
काठमाडौं - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि अहिले केहीबेरमा भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि गरेपछि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले आर्मीले ब्याटिङ गर...

दल दर्ताको तयारीमा निर्वाचन आयोग

दल दर्ताको तयारीमा निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाच...