दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
सोल - दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उहाँहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको...

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो
ब्राजिल - ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलु...

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला
काठमाडौँ - मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै मलेशियामा रहेका श्रमिकलाई उक्त योजनामा सहभागी गराउने बाटो खुलेको हो । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै मलेशियाको सामाजिक सु...

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो

जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
बर्लिन - जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ । समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै यहाँको सरकारले जर्मनमा हाल काय...

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत
मेक्सिको सिटी - मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ ।मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्...

सुरुङ प्वाल पारेर उद्धारको प्रयास

सुरुङ प्वाल पारेर उद्धारको प्रयास
भारत - भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् । बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । ...

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए

अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए
लस्कर गह - अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मा...

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा म्यान्मारका सैनिक नेताहरुलाई प्रतिबन्ध
याङ्गुन - म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको यस अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको छ । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने बताइएको छ । अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा से...

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या
अबुजा - अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उहाँले बताउनुभयो । प्रान्तका गभर्नर नासिर ए...

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी

म्यान्मारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी
याङ्गुन - म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्र...