काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपालका तीन समुदाय सौका, थारु र वालुङ समुदायका लोपोन्मुख मौलिक धुन प्रस्तुतिका लागि ‘हाम्रो धुन, हाम्रो धड्कन’ कार्यक्रम सपन्न भएको छ ।

स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका, वालुङ समुदायको लुङ्मा ठामी पाङ्सोम देमुना (लोकभाका) र थारु समुदायको ढुङ्ग्रु भाका, प्रस्तुत गरिएको थियो ।

त्यसै गरी सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख मौलिक नेपाली धुनहरुको प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक तथा संगीत निर्देशन प्राज्ञ अशोक राइले गरेका हुन् । ।

तपाईको प्रतिक्रिया