काठमाडौं – सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट हुनुभएको छ ।

सातदोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा आरडिएस क्लबकी खड्का बक्समाडौँकी डेचेन शेर्पालाई एकका विरुद्ध चार अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपका लागि छनोट हुनुभएको हो । यसअघि मङ्गलबार शेर्पाले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शून्यका विरुद्ध पाँच अङ्कले पराजित गर्नुभएको थियो । खड्काले भने वाई पाउँदै फाइनलमा स्थान बनाउनुभएको थियो ।

बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरका अनुसार ४८ किलो तौल समूहको छनोट खेलमा भने नक्सालकी सुष्मा तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपमा छनोट भइसक्नुभएको छ । छनोट प्रतियोगिता कार्यक्रममा राखेप नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया