काठमाडौं – सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो ।

लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ ।

युगल पोमुको निर्देशन रहेको भिडियोमा मौशम इम्बुङ ‘फुलन्देको बाउ’ रेखा फागो, प्रेम सुब्बा र दिनेश माङमुको अभिनय रहेको छ ।

भुपेन्द्र तुम्बाहाङफेले छायाँकन गरेका छन् भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफी रहेको छ ।

भिडियो..

अन्तर्बार्ता

तपाईको प्रतिक्रिया