काठमाडौं – सुनिता थेगिम र मेलिना राइको स्वरमा रहेको ‘निङवा पाङस पाङसिङलो’ बोलको गीतको रेर्कडिङ कार्य सम्पन्न भएको छ ।

टिर आर सेनेहाङको शब्द रहेको छ भने सुनिता थेगिमको संगीत रहेको छ । यो गीत महिलाको यौवन साथै प्राकृतिकको सुन्दर चेहेरासंग यौवनको बैशलाई समिश्रण गरिएर बनाएको रचनाकार सेनेहाङले बताए ।

रेर्कडिङको क्रममा मेलिनाले भनिन् ‘यो मेरो बिल्कुलै नयाँ गीत हो, अहिले सम्म लिम्बू भाषाको गीत नै गाएको थिएन, यो मेरो पहिलो अनुभव हो ।’ त्यस्तै अर्का गायिका सुनिताले थपिन् मेरो पनि लिम्बू गीतमा यो पहिलो संगीत हो, निक्कै मेहनत गरेका छौँ आशा छ सबैले मन पराइ दिनुहुनेछ ।’ गाउनु छाडेर सिर्जनातिर लाग्नुभएको हो ? भन्ने जिज्ञासामा दुबै जनाको जवाफ एउटै थियो, सधै कति अर्काको सिर्जनामा मात्र गाउनु, आफ्नो सिर्जनामा पनि गाऊ कस्तो हुन्छ, भन्ने हो ।

भिडियो..

तपाईको प्रतिक्रिया