काठमाडौं – एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको मिस तामाङ २०१९को उपाधी सरिता पाख्रिन तामाङले हात पारेकी छन् ।

राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् ।

उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र सिल्बर क्राउन, गिप्ट हेम्पर पाइन् । फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र सिल्बर क्राउन, गिप्ट हेम्पर पाइन् ।

आयोजक तथा एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता तामाङले ‘तामाङ समुदायको कला , संस्कृति , भेषभुषा, धर्म र संस्कारलाई संक्षरण तथा प्रबद्धन गर्ने उद्देश्यले यो मिस तामाङ्गको आयोजना गरेको बताइन् ।’

भिडियो हेर्नुहोस्…

तपाईको प्रतिक्रिया