कलैया – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिनुभयो ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हँुदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया