काठमाडौं – राष्ट्रिय जनमुक्ति पार्टीले संविधान पुर्नलेखनको माग गर्दै ‘असोज तीन,खवरदारीको दिन’ भन्ने नारासहितको कार्यक्रम सम्पन्न गरेको छ ।

राजधानीमा आयोजित पत्रकारसंग सम्वाद कार्यक्रममा उक्त पार्टीले संविधानभित्रका कतिपय प्रावधानहरुलाई सच्याउन र संसोधनसहित पुर्नलेखन गर्न माग गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै पार्टीका महासचिव टोप अस्लामी मगरले ३९ बुदे संविधान पुर्नलेखन पत्र प्रस्तुत गरेका थिए । अस्लामी मगरले प्रत्यक्ष राष्ट्रपतिय शासन प्रणाली हुनुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने, पहिचानसहितको प्रदेशको नामाकरण, स्वदेशी उत्पादनमा जोड, राष्ट्रिय अर्थतन्त्रको विकास लगायतका मागहरु राखेका छन् ।

साथै पार्टीले आगामी दिनमा संविधान पुर्नलेखनलाई प्रमुख एजेण्डा बनाएर जनता समक्ष जाने र सम्बन्धित निकायलाई दवाव दिनका लागी कडा संघर्षका कार्यक्रमहरु पनि छिट्टै आयोजना गरिने घोषणा गरेको छ । अगामी २०८४ मा हुने आम निर्वाचनलाई लक्षित गरि पार्टीले थप कार्यक्रमको घोषणा गर्ने पनि जनाएको छ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष बलदिप राई, कोसाध्यक्ष डिके सुर्यवंशी, सचिवालय सदस्य राम बहादुर अस्लामी मगर, राष्ट्रिय दलित मोर्चा सदस्य ओम प्रकाश बिक लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया