काठमाडौं – सांसद गंगा चौधरीले आफ्नो श्रीमानलाई पिए बनाएको स्विकार गरेकी छन् । उनले आफ्नो विषयमा समाचार बनाउदा यथार्थ नबुझी प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको बताइन्। उनले दिदीलाई दास बनाएको आरोप लागेकी सांसद चौधरीले आफूमाथिको आरोप निराधार भएको बताइन् ।

अनामनगर स्थित संबाद चौतारीमा छोरा सहित उपस्थित भएर पत्रकार सम्मेलनमा उनले भनिन् ‘तपाईं मेरो घरमा आएर हेर्न सक्नुहुन्छ । मैले मेरी दिदिलाई मैले घरमा सम्मानपूर्वक राखेको छु । मेरो श्रीमानलाई पिए किन राखेको भने उहाँको तलबबाट बालबालीकालाई निशुल्क शिक्षा दिएको छु, दास बनाएर बसेको भन्ने कुरा गलत हो । मेरो चरित्र हत्या भयो । ’ मैले बच्चाहरुलाई डाक्टर बनाएँ । कोही डिप्लोमा गराएँ । कुनै सौताले त्यस्तो व्यवहार गर्दैन । जुन कुरा आएको छ । त्यो यथार्थ होइन ।’

छोरा सहित पत्रकार सम्मेलनमा बोल्दै सांसद गंगा चौधरी

तपाईको प्रतिक्रिया