काठमाडौं – निवर्तमान सांसद शान्ता चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लर खोलेका छन् ।

कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्या अर्यालले बुधबार रिवन काटेर उद्रघाटन गरेका हुन् । रिबन काट्दै उनले भनिन् ‘रिबन काटेको नभनीदिनु होला । म रिबन काट्न होइन, महिलाको उद्यमशीलतालाई प्रोत्साहित गर्न आएकी हूँ,राजनीतिमा लागेको महिलाले उद्यमशील बन्न झनै आवश्यक छ ।’

शान्ता र मञ्जु मिलेर खोलेको स्मार्ट जोन फिटनेश सेन्टरले छालाको स्वास्थ्य जोगाउने र तौल घटाउने काम गर्छ । ‘यहाँ ब्युटीपार्लर पनि छ’– मञ्जु पुरीले भन्नुभयो । मञ्जुले केही वर्ष दुबईमा यो पेसा गर्नुभएको थियो । त्यो अनुभवको आधारमा नेपालमै व्यवसाय थाल्नुभएको हो ।

सो उद्घाटन कार्यक्रममा चौधरीले भने ‘पहिले म सदनमा हुन्थें, अब पार्टीको चुनावका लागि कि गाउँघरमा हुन्छु कि यो फिटनेश सेन्टरमा हुन्छु ।’

तपाईको प्रतिक्रिया