काठमाडौं । सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङले मनास्लु हिमाल पनि आरोहण गरेकी छन् । सेप्टेम्बर २८ तारिख बिहान ९ बजेर ३० मिनेटमा मनास्लुको चुचुरोमा पुगेको जानकारी उनले दिइन् । ८ हजार १६३ मिटर अग्लो यो हिमाल उच्च १४ वटामा पर्छ । यही वर्ष उनले सगरमाथा र रुसको एल्ब्रुस हिमाल आरोहण गरेकी थिइन् । अघिल्लो वर्ष सगरमाथासहित तीनवटा हिमाल उनले चढेकी थिइन् ।

तपाईको प्रतिक्रिया