काठमाडौं – वाई. एस. के. ग्रुपको प्रस्तुतिमा ‘रेबन चस्मा’ सार्वजनिक भएको छ ।

सशीकला मोक्तानको शब्द संगीत तथा वाइ. एस. के ग्रुपको ‘रेवन चस्मा’ बोलको गीत सार्वजनिक भएको हो । दीर्घ खड्काको निर्देशन रहेको भिडियोलाई ड्रोन तथा क्यामेरा शंकल भुजेलको रहेको छ भने कोरियोग्राफर कृष्ण ब्लोनले गरेका हुन् ।

नेपाल तामाङ कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख अतिथि तथा बरिष्ठ गायक रोज मोक्तानको विशेष आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलको अध्यक्षता डम्फु मिडियाका सञ्चालक एवं नायक तथा निर्देक अमिर दोङले गरेका थिए ।

सारा खबरका सम्पादक मिलन लामा दोङले निक्कै नै हांस्यस्पद तरिकाले उक्त म्युजिक भिडियोको शु्टिङ्को घटनाक्रमहरु सुनएका थिए । शुटिङको क्रममा पत्रकारको आंखाले देखेका ति दृश्य सुनाए संगै रेबन चस्माको बर्णन रं लामाको प्रस्तुतिमा हल भरि भरिभराउ दर्शक श्रोता, अतिथी लगायत पत्रकारहरुले समेत हांसो रोक्न सकेनन् ।

यसै क्रममा मिशन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङले वाई. एस. के. ग्रुपको सिङ्गो टिमलाई नै सफलताको शुभकामना संगै गित सार्वजनिक भएको दिन तामाङ समुदायको गितसंगीतको बजारमा एउटा अविष्मरणिय दिन बनेको बताएका थिए भने युवा व्यवसाय तथा युवा नेता छेडुप तामाङले टिमको केही कमिकम्जोरीहरु समेत औंल्याउदै आगामी दिनहरुमा वाई. एस. के. ग्रुपको ¥यापका लागि गितसंगीत बजारमा कसरी अगाढि बढ्ने भनेर उचित सल्लाहा सुझाव दिंदै यो गितले राष्टिय रुपमा मात्रै नभएर अन्तराष्ट्रिय गितबजारमा समेत एक किसिमको छलाङ मार्ने बताए ।

नायिका रञ्जिता ब्लोनले कार्यक्रमलाई सम्बोधन गर्दै सिङ्गो टिमलाई सफलताको शुभकामना दिंदै मिस तामाङ २०२१ को बारेमा समेत केही चर्चा गरेका थिए । कार्यक्रमका बिशेष अतिथिको रुपमा रहेका बरिष्ठ गायक रोज मोक्तानले दिल खोलेरै यो गितको प्रशंसा गरे संगै र्‍याप गितको परिभाषा समेत दिएका थिए ।

भिडियो………

तपाईको प्रतिक्रिया