काठमाडौं – एकै घरका दुई दिदी- बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य गरेर गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी गत शुक्रबार राष्टपति विद्यादेवी भण्डारीको हातबाट प्रमाणपत्र प्रदान गरिइएको छ ।

विश्व किर्तिमानी राखेका दुई दिदी- बहीनीलाई राष्ट्रपति भण्डारीले चन्द्रगिरी मातातिर्थको पानी खाएर यति तन्दरुस्त भएको भन्दै बधाई दिइन् । साथै उनले नेपालको छोरीले नेपालको नाम राख्न सफल भएकोमा धन्यवाद व्याक्त गर्दै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

दुइ दिदी- बहीनीले गत जेठ ११ र १२ गते सम्पन्न सो कार्यक्रममा अमेरिकाको २८ घण्टा ३० मिनेटको रेकर्ड तोडेकी हुन् ।

तपाईको प्रतिक्रिया