काठमाडौं – एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल ‘द भ्वाइस अफ नेपाल’ सिजन – २को फाइनलमा नृत्य प्रस्तुत गर्ने भएकी छन् ।

वल्र्ड रेर्कड राखे यता दुई दिदी -बहीनीले थुप्रै स्टेज कार्यक्रम लगायत म्यूजिक भिडियोहरुमा पनि काम गर्दै आएका छन् । हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल ’ सिजन -२ को फाइनलमा चार जना प्रतियोगी पुगेका छन् ।

भ्वाइस अफ नेपालको फाइनल भने मंसिर २१ गते शनिबार ह्यात रेजेन्सी ग्राउण्ड चाबहिलको चुच्चेपाटीमा सम्पन्न हुने भएको छ । त्यही फाइनलबाट द भ्वाइस अफ नेपाल सिजन -२ को बिजेता पाउनेछन् ।

तपाईको प्रतिक्रिया