काठमाडौं, गीतकार रीता फोम्बो ठूलीको रचनामा रहेको गीतको म्युजिक भिडियोका छायांकन सम्पन्न भएको छ । उक्त गीत निङ्वासुम –२ मा समेटिने भएको छ । ठूलीद्वारा अघिल्लो वर्ष निङ्वासुम एल्बम सार्वजानिक भएको थियो । उक्त एल्बमको सफलतापश्चात यसवर्ष निङ्वासुम २ को तयारी भएको हो ।

चार वटा गीत रहने एल्बममा दुई पालाम छन् भने हाक्पारे र च्याब्रुङका गीत पनि समेटिएका छन् ।
एल्बममा रीता फोम्बो, डिल्ली फुरुम्बो, नरेन्द्र योङहाङ, विष्णु सेर्माको स्वर रहेको छ । त्यसैगरी मनिष लिम्बू, माङ्गेना लिम्बू र केहेरसिंह लिम्बूको पनि स्वर रहेको छ ।

लोकेन साबा लिम्बूको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा कलाकारहरू इन्द्र सुशिल चोङबाङ, बबिता नेयोङहाङ, पुष्पाञ्जली तिलिङ मादेन (चापेतीको आमा), वीरुहाङ सम्बाहाम्फे, गजेन्द्र सम्बाहाम्फे छन् ।

छायांकन मेघराज मगराती, भेषभुषा बन्दना साँवा (छथरे ढाका कपडा उद्योग धरान), सेम्फङमा लिम्बू (सेम्फुङमाज क्रिएसन विशालचोक ललितपुर) रहेका छन् ।

सुर्य खापुङको प्रस्तुति रहेको एल्बमका सहयोगीहरू वीरुहाङ सम्बाहाम्फे, गजेन्द्र सम्बाहाम्फे, शर्मिला लिम्बू, गीत फोम्बो, सीता फोम्बो, पवित्रा फोम्बो छन् ।

तपाईको प्रतिक्रिया