नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको वार्षिक साधारणसभाको अवसरमा संस्थामा कार्यरत पत्रकार एवं कर्मचारीका यस वर्ष माध्यमिक शिक्षा परीक्षा९एसइई० उत्तीर्ण सन्ततिलाई आज सम्मान गरिएको छ । सम्मानित हुनेमा कार्यकारी सम्पादक मनोज कार्कीका छोरा रणवीर कार्की, कार्यकारी सम्पादक सूुर्यचन्द्र बस्नेतकी छोरी इशुु बस्नेत, उपसमाचारदाता राजकुुमार पराजुुलीकी छोरी निर्जला पराजुली र कम्प्युुटर अपरेटर पूूर्णबहादुर कार्कीकी छोरी ब्रेन्जुु कार्की हुनुुहुुन्छ । शाखाले केही वर्षदेखि प्रत्येक बर्ष असार १५ का दिन सन्तति सम्मानलगायत रचनात्मक कार्यक्रम गर्दै आएकामा यस वर्ष कोरोनाका कारण सम्मान कार्यक्रम आज आयोजना गरिएको हो ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रकाश थापाले उहाँहरुलाई समारोहमा टीका, माला र प्रशंसापत्रद्वारा सम्मान गर्नुुभएको थियो । सो अवसरमा महाप्रबन्धक शर्माले महासङ्घ रासस शाखाले गर्ने रचनात्मक कार्यले संस्थाको सुदृढीकरणमा योगदान पुगेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सुझाव दिँदै भन्नुुभयो, “मुलुुकका विभिन्न विधाको नेतृत्वको सम्भावना बोकेका तपार्इँ एसइई उत्तीर्ण विद्यार्थीलाई शाखाले भविष्यमा पनि अझ राम्रो नतिजा हासिल गर्न उत्साह प्रदान गरेको छ, तपाईँहरुले देश र समाजलाई सही बाटोमा हिँडाउन र दत्तचित्त भई अध्ययनमा विशेष ध्यान पुु¥याउनुुहुुनेछ ।”

महासङ्घका सचिव थापाले लोकतन्त्र र प्रजातन्त्रका लागि अग्रपङ्क्तिमा रही योगदान पुु¥याएका पत्रकार अहिले ठूूलो सङ्ख्यामा कोभिड–१९ पछि उत्पन्न परिस्थितिका कारण बेरोजगार भई अप्ठेरो परिस्थितिसँग जुुध्न परिरहेको हुुुँदा तिनको हकहितका लागि महासङ्घले विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो । शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आफ्नो नेतृत्वकालमा हालसम्म शाखाबाट प्रदान गरिएको पुुरस्कार, सम्मान र अन्य रचनात्मक कार्यक्रमबारे जानकारी गराउनुुभयो । सभाले सचिवका तर्फबाट अध्यक्ष घिमिरे र कोषाध्यक्ष नारायणप्रसाद न्यौपानेबाट प्रस्तुुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित ग¥यो ।

तपाईको प्रतिक्रिया