काठमाडौँ – राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गर्नुभएको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया