काठमाडौं – नेकपा (माओवादी केन्द्र) सम्बद्ध उदयपुर(काठमाडौ सम्पर्क समन्वय समितीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुने कुरा बताए ।

काठमाडौको कोटेश्वर पेरिसडाँडा स्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा उदयपुर बाट काठमाडौ आई स्थायी वा अस्थायी बसोबास गर्दै विभिन्न पेशा ब्यबसाय आवद्ध तथा रोजगारी र अध्यन गरिरहेका उदयपुरेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उदयपुर काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष कृष्ण सुनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय विशेष प्रदेश समितिका इन्चार्ज डिलाराम आचार्य , पार्टीका केन्द्रिय सदस्य एवं सम्पर्क समन्वय विशेष प्रदेश समितिका इन्चार्ज सत्य पहाडी,पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश न.१ अध्यक्ष सुरेश कुमार राई (हिमाल), पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश न.१ सम्पर्क समितिका ईन्चार्ज शिव कुमार बस्नेत (राजेन्द्र), नेकपा (माओवादी केन्द्र) उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस), नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर र प्राज्ञ मातृका पोखरेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

नेपाली समुदाय माझ क्रमशः आउँदै गरेको दशैं – तिहार,छठपर्व र नेपाल सम्वत लगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसरमा शुभकामना साटासाट गर्ने र यो अवसरमा आ- आफ्नो गाउँ बस्तिमा लामो छुट्टी र चाडबाड मनाउन जाने कार्यकर्ता पङ्तीलाई पार्टिको नीति,सिद्धान्त र कार्यक्रमको बारेमा प्रशिक्षित गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आगामी चुनावमा माओवादी केन्द्र लाई एक नम्बर पार्टी बनाउने गरि लाग्न कार्यकर्ताहरुलाई निर्देशित गरे ।

संगठनका सचिव दिल भुजेलले संचालन गरेको कार्यक्रममा उक्त संगठनका उपाध्यक्ष पमिका भट्टराईले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी शर्माले एमालेका संगठित सदस्य मीन बहादुर थापा लगायत आधा दर्जन नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्र पार्टीमा प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया