काठमाडौं – रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । जेलेन्स्कीले मानिसहरुलाई संगठित गर्न एक आदेश पनि जारी गरेका छन् । उक्त आदेशअनुसार अनिवार्यरुपमा सेनामा भर्ती भएका र रिजर्भमा रहेका सैनिकलाई फिर्ता बोलाइएको छ । यो आदेश ९० दिनसम्म प्रभावकारी रहने छ ।

त्यस्तै युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसए) ले १८ देखि ६० वर्ष उमेर समूहका सबै पुरुषलाई देश छाड्नमा रोक लगाएको छ । डीपीएसएले युक्रेनको सुरक्षाको प्रत्याभूति र आवश्यकता परे मानिसहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो कदम चालिएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया