काठमाडौं – गत सोमबार वुद्ध जयन्तिको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा बिशेष पूजामा सहभागी भएका थिए । आफ्नो दुई कार्यकालमा पाँचौ पटक नेपालको भ्रमणमा आएका मोदी लुम्बिनी आउने पहिलो भारतीय प्रधानमन्त्री हुन्।

मोदीको स्वागतमा लुम्बीनी विकास कोषले आयोजना गरेको सांगीतिक कार्यक्रम सुरसुधा समूहले आफ्नो प्रस्तुति दिएका दिए।

उभिएर सितार बजाउने विश्वकै पहिलो महिलाको रुपमा प्रसिद्धि कमाएकी सितामैया राजचलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्तिथिमा आफ्नो प्रस्तुति दिन पाउनु जीवनकै एक अविश्मरणीय क्षण भएको बताइन् ।

करिव एक घण्टाको प्रस्तुतिमा कलाकारहरुले नरेन्द्र मोदीको लागि एउटा हिन्दी र एउटा गुजराती गीतको गायन प्रस्तुति दिनुका साथै केही धुनहरु प्रस्तुत गरेका थिए ।

टोलीमा सुर सुधाका संस्थापक वरिष्ठ तबलावादक सुरेन्द्र श्रेष्ठ, वरिष्ठ गीतारवादक विकाश सुनुवार, वरिष्ठ बाँसुरीवादक रमण महर्जन, विश्वकीर्तिमानी सितारवादीका सीतामैया र गायिका सरस्वती खत्री रहेका थिए ।

तपाईको प्रतिक्रिया