अविन लिम्बू

काठमाडौं – सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को उपाधी जितेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। ताप्लेजुङकी २५ वर्षीया सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा रोल्पाकी रेनुका पुनले फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन्। त्यस्तै काठमाडौंकी यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन्।

नेपाली सेनाका पूर्वउपरथी होमकुमार लावती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आलेमगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य माधव प्रधान, मिस मंगोल– २०१५ डा.निमा पुन थिए।

तपाईको प्रतिक्रिया