काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा सम्पन्न भएको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को उपाधी रमिला बोहराले हात पारेकी छन् ।

सोमबार राजधानीको राष्ट्रिय नाचघर (जमल) मा आयोजित ग्राण्ड फिनालेमा ९ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले सिजन १ को ताज जितेकी हुन् ।

उनले पचाास हजार नगद र सिल्बर क्राउन पाइन् । फस्ट रनरअप अप्सरा परियार र सेकेन्ड रनरअप सनम लिम्बू भएका छन् । उनीहरुले क्रमश नगद बीस हजार र दश हजार र सिल्बर क्राउन पाएकी छन् ।

तपाईको प्रतिक्रिया