काठमाडौं – मिस तामाङ २०२१ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को ट्यालेन्ट राउण्ड काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो ।

काठमाडौं सहित भक्तपुर, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे,नुवाकोट, धार्दिङ, चितवन, सिन्धुली,धरान लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, कविता,अभिनय ,भाषाण कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

सम्पन्न ट्यालेन्ट शोको निर्णायक मण्डलमा निर्देशक एवं नायक अमिर दोङ, मिस तामाङ २०१७ का फस्ट रनरअप एवं मोडल नवाङ मोक्तान, तामाङ चलचित्र म्हेन्दोमायाका गायक एवं नायक राज किङ वाइबा, मोडल अनिता गोले र २०१६ का फष्ट रनर अप रञ्जिता गोले रहेका थिए ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले बताइन् ।

टाइटल विनरलाई एक लाख नगत, सिल्भर क्राउन र गिफ्टहरु प्रदान गरिनेछ,अध्यक्ष लामाले भनिन्,फस्ट रनरअपलाई पचासहजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई ३० हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । ग्र्यान्ड फिनाले फागुन २८ गते शुक्रबारका दिन होटल र्‍याडिसनमा सम्पन्न हुनेछ । 

तपाईको प्रतिक्रिया