काठमाडौं – मिस तामाङ २०२१ का बिजेता सफलता थिङ तामाङको अभिनय रहेको ‘जीन्दगी भद्रगोल’ बोलको गीत सार्वजनिक भएको छ । फ्याफुल्ला नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देवराज स्याङतानको शब्द रहेको छ भने कोसिस थोकरको सङ्गीत र सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर रहेको छ ।

राजु थिङको निर्देशन रहेको भिडियोमा मिस तामाङ २०२१ का विजेता तामाङ संगै पाल्देन लामा र विशाल तामाङ आदिलाई देख्न सकिन्छ । बज्र ङेसुरले खिचेको भिडियोलाई कृष्ण ब्लोनले सम्पादन गरेका हुन्। राजु थिङको कोरियोग्रफी रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया