काठमाडौं – मिस तामाङ २०२१ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को अडिसन काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा सम्पन्न भएको हो ।

एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामाका अनुसार काठ्माण्डौ , काभ्रे ,सिन्धुली ,रामेछाप ,धार्दिङ ,नुवाकोट , रसुवा , भक्तपुर , दोलखा ,धरान लगायत विभिन्न जिल्लाबाट सहभागि अडिसन अन्तर्गत २० जना भन्दा बढीले सहभागिता जनाएका छन् । पहिलो चरणमा छुटेकालाई एक हप्ता समय थपिएको पनि बताइन् ।

सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । ग्र्यान्ड फिनाले फागुन १५ गते होटल र्‍याडिसनमा सम्पन्न हुनेछ । आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सकिनेछ । 01-4265166

तपाईको प्रतिक्रिया