काठमाडौं – मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले हात पारेकी छन् ।

१६ प्रतिस्पर्धीलाई पछि पार्दै रञ्जना स्याङ्बो तामाङले ‘मिस तामाङ २०२२’ को उपाधि जित्न सफल भएकी हुन् ।

शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् । उक्त प्रतियोगितामा काभ्रेकी पूजा तामाङ फस्ट रनर अप भइन् भने उनले ५० हजार नगद पुरस्कार हात पारिन् । डिजी लोप्चन सेकेन्ड रनरअप र थर्ड रनर अपमा दोलखाकी प्रकृति पाख्रिन तामाङ बनिन् ।

भिडियो…

तपाईको प्रतिक्रिया