अविन लिम्बू

काठमाडौं – मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २) को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पाको ट्ल्यान्ट राउण्ड राजधानीमा सम्पन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक , सोलुखुम्बु, भोजपुर ,संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शोमा १९ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषण कला ,लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

मिस्टर टिन शेर्पा उपाधिका लागि ७ जना किशोर र मिस टिनका लागि १२ जना किशोरीले अडिसन राउण्ड पार गदै ट्यालेन्ट राउण्ड सम्म आईपुगेका हुन् ।

आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अुनसार आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेको नयाँ –नयाँ प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बताइन् । यसको फाइनल राउण्ड भने माघ १ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

तपाईको प्रतिक्रिया