काठमाडौं – केदार घिमिरे ‘माग्ने बुढा’ को संबाद रहेको सिरियल ‘उकुस – मुकुस’ सार्वजनिक भएको छ ।

सिरियलको पहिलो भाग आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण गरिएको हो। ‘उकुस -मुकुस’ हरेक बुधबार साँझ प्रसारण हुने निर्माता नहकुल भट्टराईले जानकारी दिए।

युवापुस्तामा लोकप्रिय एप हो, टिकटक । यही टिकटकको राम्रो र नराम्रो दुबै पाटो छन्। टिकटकको दुबै पाटोलाई प्रस्तुत गर्दै हाँस्य सिरियल ‘उकुस – मुकुस’ले चित्रण गरेको छ ।

दीलिप तामाङ ‘हुरहुर’ को कथा र निर्देशनमा तयार भएको शृंखला गोेल्ड फिल्म्सले प्रस्तुत गरेको हो। श्रृङ्खलाको निर्देशक सितादेवी तिमल्सेनाले गरेकी हुन् ।

राहुल राईले छायांकन गरेको सिरियलमा जयनन्द लामा, भुइसाल लामा, दीलिप तामाङ, प्रकाश लिम्बु, देवी आले, धनराम मुस्कान, वेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बालकलाकार सोहन थापाको अभिनय रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया