काठमाठौं – विजया- दशमीको अवसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनद्धारा आयोजित रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सम्पन्न भएको छ ।

पछिल्लो समय नेपाली दर्शकलाई रेस्लिङको मजा चखाउन लागिपरेका छन् भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) । रेस्लिङमा लाग्न चाहने नेपाली पुरुषसमेत अत्यन्तै थोरै भएका बेला महिला रेस्लरका रूपमा क्रियाशील युनिका र जुरेलीप्रतिको आकर्षण बढ्दो छ ।

फाउन्डेसनका अध्यक्ष भगवती खड्काको अध्यक्षतामा अन्तर्राष्ट्रिय-स्तरको रेस्लिङ महा-भिडन्त कार्यक्रम फाउन्डेसनको कार्यालय शान्तिनगर मा सम्पन्न भएको छ ।

अस्मिता जुरेलिले रेफ्रीको भुमिका गरेको आक्रामक खेलमा पहिलो म्याच जमुना तामाङ -शान्ती धामी, दोश्रो खेलमा भगवती खड्का-शृजना कोजु, तेस्रो खेलमा पाकिस्तानी खेलाडी आएनन ,भारतीय खेलाडी गोपाल शर्माको एकल प्रस्तुती, चौथो खेल लक्ष्मी घर्तिमगर-जमुना गुरुङ र अन्तिम खेल गिता जिरेल-तनु ठकुरीको रहेको थियो । खेलको अन्तिममा अस्मिता जुरेलीले दमदार नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया