काठमाडौं – जन साँस्कृतिक महासङ्घ वागमति प्रदेश ईन्चार्ज प्रेम नाथ अधिकारी को अध्यक्ष्यतामा वैठक महासङ्घको कार्यलय वागवजारमा सम्पन्न भएको छ ।

वैठकले भोलि १५ गते प्रज्ञा भवनमा हुने जिफण्टको कार्यक्रममा उपस्थित हुने र कार्यक्रम प्रस्तुत गर्ने निर्णाय गरेको छ।साथै आगामि २३ गते काठमाडौंमा हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के. पि. शर्मा वलीको सम्वोधनमा हुने जन सभामा सवै घटक संगठन र जिल्ला साँस्कृतिक टोली तथा प्रदेश कमिटिको तर्फवाट जिल्ला हेर्ने जिम्मेवार सदस्यहरु विभिन्न स्थानवाट महासङ्घको व्यानरमा सहभागी भई सभा स्थल सम्म जाने निर्णय गरेको छ।

सहभागि हुने स्थान र टोलीको नेतृत्व गर्ने जिम्मा निम्न अनुसार कार्य विभाजन गरिएको छ।तोकिएको स्थानमा सवै महासङ्घ संग सम्वन्धित जिम्मेवार घटक संगठनसंग सम्वन्धित सवै सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरेको छ ।

१.खगेन्द्र राईको नेतृत्व र मधु गुरुङको सम्योजनमा पुतलि सडक चोकमा जम्मा भई रसुवा,नुवाकोट,सिन्धुपाल्चोक र रामेछापका कलाकार तथा प्रदेश कमिटिका जिम्मेवार सदस्यहरु साथै जन संगित घटक संगठन सवै

२.प्रेम नाथ अधिकारीको नेतृत्वमा र नारायण भाई श्रेष्ठको संयोजनमा त्रिपुरेस्वर चोकमा जम्मा भई काव्रे ,ललितपुर,काठमाडौ जिल्लाका कलाकार तथा प्रदेश कमिटिका जिम्मेवार सदस्यहरु साथै भाषा तथा लोक सहित्य घटक र चलचित्र कर्मी संघ घटक र डम्मर पहाडी ,लय संग्रौला लगायत सवै

३.उदय श्रेष्ठको नेतृत्व र छिरिङ लामाको संयोजनमा जमल चोकमा जम्मा भई मकवानपुर,दोलखा जिल्लाका कलाकार तथा प्रदेश कमिटिका जिम्मेवार सदस्यहरु साथै जन नाट्य घटक रसामाजिक साँस्कृतिक घटक लगायत कालिका पाठक ,राज वहादुर खत्री लगायत सवै

४.राजेश थापाको नेतृत्व र आर सि नेउपानेको संयोजनमा घण्टाघर चोकमा जम्मा भई धादिङ,चितवन जिल्लाका कलाकार तथा प्रदेश कमिटिका जिम्मेवार सदस्यहरु साथै ललितकला मञ्च घटक तथा जङ्ग पहाडी ,फुलमान वल लगायत सवै

५.भुमिका सुव्वाको नेतृत्व र किशोर अनुरागको संम्योजनमा सिनधुली,भक्तपुर जिल्लाका कलाकार र प्रदेश कमिटिका जिम्मेवार सदस्यहरु साथै जन साहित्यिक मञ्च घटकमा आवध्ध सवै

६.अशोक राईको नेतृत्व र माधव प्रधानको सन्चालनमा मञ्चमा करिव डेड घण्टा सम्म कार्यक्रम सुरु हुनु पुर्व भव्य साँस्कृतिक तथा साँङ्गितिक कार्यक्रम सन्चालन गरिने छ।

वैठकमा भुमिका सुव्वा ,राजेश थापा अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो भने नेकपा वागमति प्रदेश कमिटिको सर्कुलर पढेर सुनाउदै जन साँस्कृतिक महासङ्घ वागमति प्रदेश संयोजक माधव प्रधान ले वैठक सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया