अविन लिम्बु

काठमाडौँ – गायक हेमन्त शिशिर ,उत्तम थिङ र पूर्णिमा लामाको स्वरमा रहेको ‘फूलौ फूलको बगैचा’ बोलको गीत सार्वजनिक भएको छ ।

काली देवी मिडिया हाउस प्रा. लि .को ब्यनारमा निर्माण गरेको भिडियोमा नेपाली तामाङ कथानक चलचित्रका नायक विनायक तामाङ र नव मोडल जमुना मोक्तानको दमदार अभिनय रहेको छ । म्यूजिक भिडियोमा नव मोडल जमुना मोक्तानले नायक विनायक तामाङसंग पहिलो डेब्यू गरेको हो ।

नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतित्थ्यतामा आज एक पत्रकार सम्मेलन गरी उक्त गीतको भिडियो  सार्वजनिक गरिइयो ।

दिनेश मुस्कानको निर्देशन तथा छायांकन रहेको गीतको भिडियोमा प्रियांका फिल्मस्को सम्पादन रहेको छ । गणेश बाबु वि.क. काे शब्द रहेको गीतमा गायक स्वंमको संगीत रहेको छ ।

भिडियो हेर्नुहोस् …..

तपाईको प्रतिक्रिया