काठमाडौं – ‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।

सो संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र दिई उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो ।

विसं २०७० देखि ९९ विद्यालयबाट सञ्चालन भएको सो धारमा हाल पाँच सय ३१ भन्दा बढी विद्यालयमा पाँच विषयको पढाइ भइरहेको छ । यस धारका प्रशिक्षक, सहायक प्रशिक्षक, प्रशिक्षक सहायक तथा विज्ञान शिक्षकको स्थायित्वमा हालसम्म सरकारले चासो नदेखाएकाले पनि अनुदान करारमै बस्नुपर्ने बाध्यता रहेको एसोसिएसनका अध्यक्ष ई। केदारनाथ दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया