काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ ।

आज दिउँसो उहाँले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गर्नुभएको थियो ।

उहाँले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया