काठमाडौं – निर्माता पृथ्वी राई र गोमा राईको अभिनय रहेको ‘थाहाँ छैन्’ बोलको गीत सार्वजनिक भएको छ । लालितपुरको कुमारीपाटी स्थित डोरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

यस अघि निर्माता पृथ्वी राइले मट्टीमाला फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला – २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताए ।

किरण चाम्लिङको शब्द रहेको छ भने सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज रहेको गीतमा चिश्चल राइको स्वर रहेको छ ।

सुजन बज्रचार्यको निर्देशन रहेको भिडियोमा पृथ्वी राइ र गोमा राई संगै नीर बम्जम, भीम थापा, सीता कुमारी राई, रिजन महर्जन र सबिन कुँवरलाई देख्न सकिन्छ । छायांकन मोहन कुमार ‘झिल्लु’ ले गरेका छन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका हुन्।

भिडियो…

तपाईको प्रतिक्रिया