लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय आज मुख्यमन्त्री शंकर पोख्ररेलले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले प्रदेशको राजधानीको गुरुयोजना तयारीको काम भइरहेको बताउनुभयो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, अर्घाखाँची शितगङ्गा नगरपालिकाको ८ र ९ नम्बरभित्र रहेको क्षेत्रलाई गुरुयोजनाभित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । राप्ती गाउँपालिकाको, गढवा र कपिलवस्तुको सितगंगाको केही भागलाई तोके अनुसार काम शुरु गर्ने कार्यक्रम रहेको छ । गुरुयोजनाअनुसार अगाडि वढेको र एउटा व्यवस्थित शहर वनाउन लागि परेको उहाँले वताउँनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले चालू आर्थिक वर्षभित्र राजधानीको गुरुयोजना बनाइ सक्ने गरी काम अघि बढेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया