बुद्ध धर्मसम्बन्धी उत्कृष्ट लेख लेख्नुभएका उपप्राध्यापक डा। त्रिरत्न मानन्धर, पत्रकार हिमेश रत्न बज्राचार्य र शोभानानी शाक्यलाई शनिबार यहाँ ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान गरियो ।

नेपाल भाषा टाइम्स दैनिकमा वर्षभरि प्रकाशित लेखहरुमध्ये उत्कृष्ट लेखका लागि बुद्ध संवतको हरेक वर्ष एक पुरुष र एक महिला लेखकलाई युवा बौद्ध समूह, काठमाडौँले यो पुरस्कार प्रदान गर्दैआएको छ । लोचनतारा तुलाधर र सहप्राध्यापक मदनरत्न मानन्धर सम्मिलित निर्णायक मण्डलले संवत २५६२ को वर्ष उपप्राध्यापक डा मानन्धरकोे लेखलाई उत्कृष्ट ठहर गरेको हो । त्यसैगरी डा। गौतमवीर बज्राचार्य र धर्मसुन्दर बज्राचार्य सम्मिलित निर्णायक मण्डलले संवत २५६३ को वर्ष पत्रकार बज्राचार्य र शाक्यका लेखहरुलाई उत्कृट घोषणा गरेको हो ।

लेखनको माध्यमबाट नेपाल भाषा र साहित्यको श्रीवृद्धि र बुद्ध धर्मको प्रबद्र्धनमा उल्लेख्य योगदान पु¥याउने लेखकहरुलाई पुरस्कृत गर्न पञ्चवीरसिंह तुलाधरले यो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ ।

समूहका अध्यक्ष मदन बहादुर तुलाधरको अध्यक्षतामा गणमहाविहार, गणबहालमा भएको एक कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्य महास्थविरले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा ‘ईलोहँ पञ्चवीर परियत्ति पुरस्कार’ रुवी शाक्यलाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया