भक्तपुर – सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्लेले ब्याकहो लोडर चलाउन सिकिरहेकी छन् । इटहरीमा रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहो लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् ।

अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहो लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि चुनौतीपुर्ण काम गर्न नडाराउने दिपाको ब्याकहो लोडर चलाउने रहर भएको कारणले नै आज सफल भएको वाग्लेको भनाई छ । उनि भन्छिन् हरेक चुनौतीको सामाना गर्दै पुरुषले गरेको काम महिलाले पनि गर्नसक्छ भन्ने उदाहरणीय महिलाको रुपमा प्रस्तुत गर्नु आफ्नो शोख रहेको बताउँछिन्।

रिक्सा चलाउदा मनग्य आम्दानि गर्ने दिपा ब्याकहो लोडर चलाउन सुरु गरेपछि झन् आत्मनिर्भर बन्न सकिने साथै ब्याकहो लोडर चलाएपछि अब ग्रेडर चलाउने आफ्नो चाहना रहेको बताइन्।

भिडियो..

तपाईको प्रतिक्रिया