काठमाडौं – गायक तथा संगीतकार नाम्जा भोटेको ‘ए मेरा छोरा’ बोलको गीत सार्वजनिक भएको छ । नाम्जा भोटे आभिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शब्द, संगीत, गायक स्वंमकै रहेको छ। निर्देशन र छायांकन सन्तोष सुबेदी,सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।

‘ए मेरा छोरा’ गीतमा एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई, देखाउने प्रयास गरेको गायक तथा संगीतकार भोटेले बताए ।

गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि हुन्। ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका छन् ।
भिडियो…

तपाईको प्रतिक्रिया