काठमाडौं – शेर्पा म्यूजिक वर्ल्डले आगामी बैशाख १ गते कपनस्थित रामनगर पार्टी भेन्यू रामहिटीमा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान साथै साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण यो वर्ष अन्य स्थानका कार्यक्रम प्रभावित भएकाले शेर्पा म्यूजिक वल्र्डले शुभकामना आदान–प्रदान गर्न लागेको शेर्पा म्यूजिक वर्ल्ड कार्यक्रम संयोजक नायक कुङ्ग शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार शुभकामना आदान–प्रदान कार्यक्रम बृहत् साँस्कृतिक कार्यक्रम तथा डिजे सेसनमा डिजे कुइन डिजेको सेसन रहेको बताउनुभयो । उनका साथमा ख्यातिप्राप्त कलाकारहरु मिसङस् लामा, सोनाम काहानी, दावा के शेर्पा, सोनाम तोप्देन, दावा दिना शेर्पा, छिरिङ शेर्पा, ल्हमु शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, गोन्पो शेर्पा, आङ तेन्जी शेर्पा र साङगे शेर्पा,लक्की शेर्पा , प्राञ्जल खतिवडा लगायत नवकलाकारहरुको प्रस्तुती रहनेछ ।

शेर्पा म्यूजिक वर्ल्डले शेर्पा समूदायको भाषा, कला, संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने र गीत, संगीत तथा म्यूजिक भिडियोहरुको निर्माण गर्दै आईरहेको कुङग् शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा म्यूजिक वर्ल्डले शेर्पा समू्दायको भाषा संस्कार, संस्कृतिमा आधारित शेर्पा भाषाको चलचित्र टिन्छेन फमा निर्माण गरि सकेको छ । शेर्पा भन्नुभयो सबै समुदायबीचमा आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गराउन यी कार्यक्रमहरु गर्न लागेको शेर्पाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया