काठमाडौं – नेपालको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल – ३’ को उपाधि किरण गजमेरले जितेका छन्।

बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेत जान पाउने भएका छन ।

उनीसँगै उपाधिका दाबेदार टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगर रहेका थिए। यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । 

तपाईको प्रतिक्रिया