कञ्चनपुर – प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका १० कैदीबन्दीको कैद सजाय मिनाहा गरिएको छ । आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको हो ।

सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको कारागार प्रमुख मायाकुमारी बस्नेतले बताउनुभयो । कारागारमा ३९३ कैदीबन्दीलाई राखिएको छ ।

तपाईको प्रतिक्रिया