अविन लिम्बू

कालीलाई दु्ख्दा ,मेची रुन्छ
यस्तो सुन्दर देश अरु कहाँ हुन्छ

बीरहरुको थलो हो यो
कसैको आँखा नगाडे हुन्छ

पश्चिममा कालापानी होस् या दक्षिणमा सुस्ता
सहदैनौ कहिले पनि शीरको टोपी खस्दा

त्यसैले फेरी पनि भन्छौ
पुर्खाहरुको सानो दुःखले आज्र्याको माटो हाइन यो

सबैलाई चेतना भया….
राम लिम्बू (वनेम फागो )

काठमाडौं – झापा बिर्तामोडका राम लिम्बू (वनेम फागो) को लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १० मा पर्न सफल भएका छन् । झापाको हल्दिबारीमा जन्मिएका लिम्बूको पुख्यौली घर भने पाँचथरको वासुम हुन् ।

हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन -२ मा आफुलाई अब्बल साबित गर्दै सानै उमेरका लिम्बू ठूलो सपना बोकेर द भ्वाइस अफ नेपालमा प्रबेश गरेका छन् । उनले कुनै पनि गीत संगीत सम्बन्धि तालिम लिएका छैनन् , तर पनि स्टेज तताएर जर्ज र दर्शकको मन जित्न सफल लिम्बूले छोटो समयमा नै आफुलाई लाखौं फ्यानहरुको मन जित्न सफल भएका छन् ।

ग्लोरी स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् ।

फाइनलमा समेत उपलब्धि हासिल गर्ने अठोटका साथ अगी बढेका लिम्बूलाई अहिले भने भोटको खाचो परेको छ । उनले भोट मार्फत बिजेता बन्नको लागि सबै संग भोटको अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया