काठमाडौं – आमनेपाली महिलाहरुलाई तिजको रौनकले छुएको बेला केही महिलाहरु शान्तिनगर स्थित नेपाल महिला रेस्लिङ संघको प्राङगणमा आपसमा रिङमा भिड्दै तिज मनाएका छन।

नेपाल महिला रेस्लिङ संघले नेपाली नारीहरुको महान चार्ड तीजको अवसरमा अयोजना गरेको महिला रेस्लिङमा ४ खेल भएका थिए । वरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता पशुपति गुरुङको प्रमुख आतिथ्यतामा  सो सम्पन्न कार्यक्रममा आकृति पुन, सिर्जना कोजु, अस्मिता जुरेली र गीता जिरेल विजयी भए । विजेता चारै जनाले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल महिला रेस्लिङ संघका अध्यक्ष तथा पहिलो महिला रेस्लर भगवती खड्काले चारै खेलको अम्पायरिङ गरेकी थिइन् ।

नेपालकै दोस्रो रेस्लर अस्मिता जुरेलीको जन्मदिनको केक काट्र्दै तिज विशेष रेस्लिङ कार्यक्रम उद्घाटन भएको थियो । जुरेली रेस्लिङ मात्र होइन एउटा राम्रो कलाकार पनि हुन् सो अवसरमा नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै महिला रेस्लर फाउण्डेसन यो नेपालकै पहिलो फाउण्डेसन भएको जानकारीदिदै यो संस्था जोगाइ राख्नु निक्कै ठूलो चुनौती रहेको बताइन् । नेपालमा पनि महिलाहरु रेस्लिङ खेल्नुपर्छ भन्ने उदेश्यले यो संस्था खोलेको बताइन् ।

तपाईको प्रतिक्रिया