काठमाडौं – ज्योति मगरको स्वरमा रहेको ‘माइतीको माया बरीलै’ बोलको गीत सार्वजनिक भएको छ ।

शब्द संगीत गायिका स्वंमको रहेको छ भने एरेञ्ज योगेश काजी र मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा ज्योति मगर, रितिका कुवर,शेर बहादुर डिसी र गंगा मगरको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् ।

यस भिडियोमा ज्योती मगरलाई शालिन अवतारमा देख्न सकिन्छ । गीत पनि मन छुने खालको छ । तिजमा माइती जान नपाएकी एक ग्रामिण चेलीको कथा व्यथालाई गीतमा चित्रण गरेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया