वाग्मती – जिल्ला समन्वय समिति मकवानपुरले आगामी वैशाख ९ गतेदेखि १८ गतेसम्म प्रथम स्थानीय तह जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । समितिको आयोजना र खेलकूद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्न लागिएको बताइएको छ ।

प्रतियोगितामा जिल्लाका सम्पूर्ण १० स्थानीय तहका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको सम्पूर्ण खर्च समितिले व्यहोर्ने छ । बैठकमा समितिका उपप्रमुख भगवती पुडासैनी र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललगायत स्थानीय पालिकाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया